मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संघीय सरकारले प्रदेशलाई अधिकार दिन कन्जुस्याइ गर्‍यो



बुटवल  ।

प्रतिनिधि सभा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले संघीय सरकारले प्रमुख जिल्ला अधिकारीलाई संबिधानको बर्खिलाब हुने गरी संघ मातहत राखेर प्रदेशका सरकार तथा मुख्यमन्त्रीलाई शक्तिबिहीन बनाउने काम गरेको टिप्पणी गरेका छन् ।

नेपाल प्रेस युनियन रुपन्देहीले आइतवार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले संबिधानमा शान्ति सुरक्षाको जिम्मेवारी प्रदेशको मातहतमा हुने व्यवस्था भएपनि संघीय सरकारले जिल्लाको शान्ति सुरक्षाको जिम्मेवारी बोकेको प्रमुख जिल्ला अधिकारीलाई संघ मातहत राखेर प्रदेशलाई शक्तिबिहीन बनाएको बताए ।

संघीय संसदमा प्रस्तुत हुन लागेको सञ्चार बिधेयकमा पनि पत्रकारलाई कस्ने गरी कानुन तर्जुमा गरीएको उल्लेख गर्दै उनले यस्तो बिधेयक पारित भएमा पत्रकारले स्वतन्त्र रुपमा काम गर्न नसक्ने अवस्था आउने बताए।

पछिल्लो समयमा लगानीकर्तालाई सुरक्षाको प्रत्याभुति दिलाउन नसक्दा लगानी भित्रन नसकेको उनले बताए । लेखा समितिका सभापति शाहले एनसेलका टावरहरुमा बिष्फोट हुनुले लगानीकर्ताहरु त्रसित भएको बताए ।

उनले वाईडबडी अनियमितता कारवाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र पठाएको बताउदै तत्काल कारवाहीका लागि आग्रह गरे ।

उनले अनियमितता छानबिन गर्ने अख्तियार बाहेक समानान्तर समिति गठन गर्न नहुने बताउँदै सरकारले अहिले गठन गरेको समिति गैरकानुनी भएको बताए ।

प्रकाशित मिति : १३ फाल्गुन २०७५, सोमबार  १ : ०६ बजे