मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भीआइपीहरुको उडानसम्बन्धी आचारसंहिता बनाउन योगेश भट्टाराईको माग



काठमाडौं फागुन, १७–
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सांसद योगेश भट्टराईले भीआइपीहरुको उडानसम्बन्धी आचारसंहिता बनाउनुपर्ने बताएका छन् । शुक्रबार हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका मन्त्री अधिकारी लगायतलाई श्रद्धाञ्जली दिन टुंडिखेल पुगेका सांसद भट्टराईले उक्त कुरा बताएका हुन् । उनले भने, ‘ यो घटनाबाट पाठ सिक्दै भीआइपीहरुको उडानसम्बन्धी आचारसंहिता बनाउनुपर्छ ।’

विद्यार्थी आन्दोलनमा रविन्द्र अधिकारीका सहपाठी समेत रहेका सांसद भट्टराईले यो दुर्घटनाबारे सरकारबाट गठित समितिले छानबिन गर्नुपर्ने बताए । उनले पाथीभरामा मन्त्री अधिकारीहरुको उडानमा सावधानी नपुगेको भन्दै आचारसंहिता बनाएर सर्वसाधारण तथा भीआईपीको उडान गुर्नुपर्ने प्रस्ताव गरेका हुन् ।

‘रबीन्द्रजीसँग मेरो लामो सहकार्य रह्यो । झण्डै ३ दशक लामो । त्यो क्रममा उहाँ र मेरो बीचमा अत्यन्तै घनिष्ठता रह्यो । अनौपचारिक सम्बन्ध पनि रह्यो । पारिवारिक पनि’, मन्त्री अधिकारीलाई सम्झँदै भट्टराईले भने– ‘यो क्रममा मैले उहाँलाई धेरै असल र राम्रो सम्भावना भएको मान्छेका रुपमा पाएँ ।’

मन्त्री अधिकारीले अन्तरराष्ट्रिय एयरपोर्टलाई सुधार्ने, २१र२२ घन्टा चलाउने, भैरहवा पोखरा विमानस्थलमा तदरुकता देखाउने, निजगढमा छिटो अगाडि बढ्ने, विमानस्थल स्तरोन्तिमा लाग्ने, भ्रमण वर्ष २०२० घोषण गरेर योजना बनाउने जस्ता प्रगतिहरु गरेको भट्टराईले बताए ।

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार  ६ : ४० बजे