मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रियसभा बैठकद्वारा मन्त्री अधिकारीको निधनप्रति शोक प्रस्ताव पारित



काठमाडौं फागुन, १७–
प्रतिनिधिसभा सदस्य तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधन भएकोमा बुधबार बसेको राष्ट्रियसभा बैठकले शोक प्रस्ताव पारित गरेको छ ।

बैठकले शोक प्रस्ताव पारित गरि एक मिनेट मौन धारण गरेको थियो ।

शुक्रबारको राष्ट्रियसभा बैठकको कार्यसूचीमा अध्यक्ष गणेश तिमिल्सनाले प्रस्ताव प्रस्तुत गरेका थिए । अध्यक्षले प्रस्ताव गरेको शोक प्रस्ताव राष्ट्रियसभाले पारित गरेको थियो ।
राष्ट्रियसभाका अध्यक्षले प्रस्तुत गरेको शोक प्रस्तावमा भनिएको छ, ‘माननीय संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र प्रसाद अधिकारीको ४९ वर्षको उमेरमा मिति २०७५ साल फागुन १५ गते बुधबारका दिन तेह्रथुमको चुहानडाँडा एयरपोर्ट निरीक्षण पश्चात पाथीभरा देवीको दर्शन गरी काठमाडौं फर्कने क्रममा ताप्लुजुङको फुङलिङ नगरपालिका १० सिस्नेभिरमा हेलिकोप्टर दुर्घटनामा परी निधन भएकोमा राष्ट्रिय सभाको यो बैठक गहिरो शोक प्रकट गर्दछ।
यो बैठक दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोक(सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गदर्छ।’

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार  ८ : ५८ बजे