गम्भिर अवस्थामा भरतमोहनको स्वास्थ्य, भेन्टिलेटरमा उपचार हुँदै



काठमाडौं फागुन, १७–
नेकपाका नेता तथा पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था निकै गम्भिर बनेको छ । उनलाई श्वासप्रश्वास र निमोनियालगायतका समस्या देखिएपछि २ महिनादेखि अस्पतालमा भर्ना गरि उपचार गरिदैँ आईएको छ ।
मेडिसिटी अस्पतालमा एक महिनाको उपचारपछि पनि स्वास्थ्यमा सुधार नआएपछि केही साता अघिदेखि उनी ह्याम्स अस्पतालमा उपचाररत छन् ।

८३ वर्षीय अधिकारीको अवस्था जटिल बन्दै गएपछि नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेताहरु उनलाई भेट्न अस्पताल जान थालेका छन् ।
पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले शुक्रबार अस्पताल पुगेर अधिकारीको स्थिति बुझेका छन् । नेता खनालले अधिकारीको अवस्था अत्यन्तै नाजुक रहेको जानकारी दिए ।

यस्तै, पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री एवं वरिष्ठ नेता माधवकुमार नेपाल अस्पताल पुगेर उनको स्वास्थ्यलाभको कामना गरेका छन् ।

प्रकाशित मिति : फाल्गुन १७, २०७५ शुक्रबार  ९ : ३६ बजे