भद्रपुर ।
प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओलीले सबै कम्युनिष्ट शक्तिलाई एउटै पार्टीमा गोलबद्ध हुन आह्वान गरेका छन् ।झापाको सुखानीमा इलाम विद्रोहका पाँच शहीदको स्मृतिमा मंगलबार आयोजित श्रद्धाञ्जलि सभामा प्रधानमन्त्रीले फुटेर होइन जुटेर लाग्ने एकीकृत कम्युनिष्टको सपना देखेको बताए ।
“नेपालको लोकतान्त्रिक एवम् वामपन्थी आन्दोलनको इतिहासमा बेग्लै र असाधारण महत्व भएको फागुन २१ का दिनले टुक्रिएको र छरिएको कम्युनिष्ट आन्दोलनलाई जोडेर मजबुत पार्टी बनाउन प्रेरणा दिएको छ”, प्रधानमन्त्री ओलीले भने तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द) बीचको एकीकरण शहीदको सपना साकार पार्ने एउटा महान् प्रक्रिया भएको उल्लेख गर्दै जनताको हितका लागि साँचो अर्थमा क्रियाशील अरू कम्युनिष्ट पार्टीसमेत एकीकरण प्रक्रियामा आउनुपर्ने उनले बताए।
विसं २०२९ फागुन २१ गते झापा विद्रोहका योद्धाहरु रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, नारायण श्रेष्ठ र कृष्ण कुइँकेललाई पञ्चायती शासकले चन्द्रगढी कारागारबाट इलाम जेल सार्ने निहुँमा सुखानीको जङ्गलमा लगेर गोली हानी हत्या गरेका थिय । तिनै शाहीद हरुलाई हरेक बर्ष आजकै दिन बिभिन्न कार्यक्रम गरी स्मरण गर्ने गरिन्छ । प्रधानमन्त्री ओलीले सुखानीका शहीदप्रति भावपूर्ण श्रद्धाञ्जलि एवम् उहाँहरुको परिवारका सदस्यमा समवेदना व्यक्त गरेका छन् ।