वाइडबडी,बूडीगण्डकी र एनसेल प्रकरणका दोषीलाई कानुनी कठघरामा ल्याइनुपर्छ : कांग्रेस नेता कोइराला



पोखरा-

 निधन भएका रवीन्द्र अधिकारी वाइडबडी खरिद प्रकरणमा निर्दोष भएको प्रधानमन्त्रीको अभिव्यक्ति गैह्र्जिम्मेवार भएको  नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले  बताएका छन्।

प्रजातन्त्रवादी प्राध्यापक संघले पोखरामा गरेको कार्यक्रममा बोल्दै कोइरालाले रवीन्द्र अधिकारीको अन्त्यष्टि नसकिँदै उनी निर्दोष भनेर फैसला गर्ने प्रम न्यायाधीश हो? त्यो अधिकार उहाँलाई कसले दियो?’ भनि प्रधानमन्त्री प्रती प्रश्न उठाएका छन ।

वाइडबडी, बूडीगण्डकी अथवा एनसेल प्रकरणमा जो सुकै दोसी भय पनि  कानुनी कठघरामा ल्याउनुपर्ने भन्दै उनले देशको सम्पतिको दुरुपायोग गर्ने हक कसैलाई नभएको बताए । उनले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै भने, ‘पदमा बसेको मान्छेले जथाभावी जे मन लाग्यो बोल्दै हिँड्न मिल्दैन।

तेस्तै कार्यक्रममा पार्टिका केन्द्रीय सदस्य गुरुराज घिमिरेले विधानअनुसार हिँड्न नसकेकाले पार्टी संकटमा पुगेको बताउदै समयमै पार्टिको महाधिबेशन हुनुपर्ने अन्यथा पार्टी थप कमजोर हुने अवस्था आउने बताए ।

प्रकाशित मिति : २५ फाल्गुन २०७५, शनिबार  ७ : ४७ बजे