नायिका निरुता सिंहलाई डेंगु, मुम्बईमा उपचार गराउदै



काठमाडौं फागुन, २६–
अभिनेत्री निरुता सिंहलाई डेंगु रोग देखा परेको छ । लामो समयपछि नेपाली चलचित्रमा फर्किएकी नायिका सिंह चलचित्र ‘क्याप्टेन’को प्रचार(प्रसारका लागि केह‍ी समय अघि नेपालगञ्ज गएकी थिइन् । त्यही समयमा उनलाई डेंगु भएको हुनसक्ने बताइएको छ ।
लामो समय रुघा खोकी लागिरहने र औषधीले पनि काम नगरेपछि उनी मुम्बई फर्किएकी थिइन् । मुम्बई गएर स्वास्थ्य जाँच गराउँदा डाक्टरले डेंगु भएको बताएका थिए ।

फाल्गुन १७ गतेबाट प्रदर्शनमा आएको चलचित्र क्याप्टेनको एउटा गीतमा उनको अभिनय रहेको छ । चलचित्र छायांकनको समयमा पनि आफूलाई सञ्चो नभएको र निकै जाडो हुने गरेको उनले बताउने गरेकी थिइन् । अहिले उनी मुम्बईमा उपचार गराइरहेकी छिन् ।

महसञ्चारले निर्माण गरेको चलचित्र ‘दालभात तरकारी’मा पनि अभिनेत्री सिंहको मुख्य अभिनय रहेको छ । उनी चलचित्रमा वरिष्ठ हाँस्य कलाकार हरिवंश आचार्यको जोडीका रुपमा प्रस्तुत भएको बताइएको छ । यो चलचित्र वैशाख १३ गतेबाट रिलिज हुँदैछ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७५, आइतबार  ९ : ५८ बजे