काठमाडौं फागुन, २८–
नेपाल टेलिभिजनबाट प्रसारित हास्य टेलिश्रंखला ‘भद्रगोल’मा पाँडेको भूमिकाप्रति नेपाल पाण्डेसमाजले आपत्ति जनाएको छ । समाजले मंगलबार एक विज्ञप्ति जारी गर्दै टेलिश्रृखलामा देखाइने पाँडेको प्रस्तुतिले मूलुकभर रहेका पाण्डेहरुको अपमान भएको उल्लेख गरेको छ । भद्रगोलमा पाँडे पात्रलाई कहिलेकाहीँ अतिशयोक्ति र कपोलकल्पित ढंगले प्रस्तुत गर्दा मुलुकभर रहेका पाण्डेहरुको मनमा चोट पुगेको पाण्डे समाजको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, ‘मुलुकको एकीकरणदेखि हालसम्म विभिन्न स्थान र योग्यताबाट पुर्याएको उच्चस्तरको योगदानलाई चटक्कै भुलेर हाँस्य पात्रको रुपमा चित्रण गर्दा जोसुकैको मन दुख्नु स्वभाविकै हो । तसर्थ समाजमा असर पुर्याउने कथा र प्रदर्शन नस्वीकार्ने व्यहोरा जानकारी गराउँदै ध्यानाकर्षण गराउँछौं ।’
भद्रगोलको उत्पादक मिडिया हबलाई पठाइएको सो पत्रमा पाँडे समाजका महासचिव सागर पाण्डेले हस्ताक्षर गरेका छन् । पत्रको वोधार्थ नेपाल टेलिभिजनलाई पनि पठाइएको छ ।
२८ फाल्गुन २०७५, मंगलबार
0
Shares