प्युठान-
नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले कांग्रेसका लागी अहिले बिचार र कार्यक्रम सबै भन्दा महत्वपुर्ण रहेको बताएका छन ।
मंगलबार प्युठानमा पत्रकारहरूसँगको कुराकानीमा महामन्त्री कोइरालाले पार्टीको नेतृत्वमा पुग्न वीपीको रगतभन्दा बिपिले उठाएको विचार ठूलो हुने बताएका हुन्।
बलियो राष्टृयता, शिक्षा स्वास्थ्य माथी सबै नेपालिको पहुच सहितको सामाजिक न्याय, ,राष्ट्रको बिकाश र सम्बृद्दी अब नेपाली कांग्रेसको लक्ष्य भएको बताउदै कोइरालाले बिपिले उठाएका बिचारहरु युगौ सम्म सान्दर्भिक भएको उल्लेख गरे ।
पार्टी भित्र अब जसले वीपी विचारलाई अघि बढाउँछ त्यसलाई नै कार्यकर्ताले नेतृत्वमा पुर्याउने भन्दै कोइरालाले आफु बिचारको राजनिति,एकताबद्द र मजबुत कांग्रेसको पक्षमा रहेको बताए ।
पार्टी गुटको स्वार्थमा अल्झिदा जनाताका मुद्दाहरु ओझेलमा पर्ने बताउदै कोइरालाले सबै कार्यकर्ताहरुलाई गुटमा भन्दा सिङ्गो पार्टिमा बिश्वाश गर्न कोइरालाले अह्वान समेत गरेका छन ।
समय सन्दर्भ र पार्टिका नेता कार्यकर्ताहरुको भाबना अनुसार नेतृत्व परिवर्तन हुनुपर्ने बताउदै कोइरालाले पार्टिमा युबा पुस्ताको भूमिका र योगदानको उचित मुल्याङ्कन हुन जरुरी रहेको बताए ।
आगामी महाधिवेशनमा कोइराला परिवारबाट सभापतिमा उमेदवारी दिने चर्चा चलेरहेका बेला महामन्त्री कोइरालाले थर र जातभन्दा माथि पार्टी र पार्टिको बिचार रहेको बताएका हुन ।
१४ औं महाधिवेशनमा के पदमा उठ्ने? भन्ने प्रश्नमा कोइरालाले ‘आम नेता कार्यकर्ता र पार्टिका सबै सग छलफल गरेर मात्रै यो बिषय तय हुने बताए ।