बिप्लबको नेकपालाई हतारमा प्रतिबन्ध लगाएर सरकारले गल्ती गर्‍यो : काङ्ग्रेस सभापति देउवा



पाल्पा-

नेपाली काङ्ग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विप्लव नेतृत्वको नेकपासग सरकारले बार्ताको पहल थाल्नुपर्ने बताएका छन ।

प्रेस युनियन पाल्पा शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले भने ‘बिप्लबको नेकपासग बार्ता र सहमतीबाट समाधान खोज्नुपर्नेमा सरकारले हतारमा प्रतिबन्ध लागाएर गल्ती गर्‍यो’

सभापति तथा पूर्वप्रधानमन्त्री  देउवाले अभिव्यक्ति स्वतन्त्रतमाथि राज्यले दमन  गरे त्यो स्विकार्य नहुने भन्दै  ओली सरकार प्रेस स्वतन्त्रता समाप्त गर्न लागिपरेको बताए ।  भ्रष्ट्राचार, हत्या, हिंसा, बलात्कार, लुटपाट र बम विष्फोटका घटना अत्याधिक बढेको तर त्यसलाई रोक्न सरकारको प्रभाबकारिता नदेखिएको स्पस्ट पारे ।

 सभापति देउवाले सिके राउतसंग सरकारले गरेको ११ बुदे सम्झौता राष्ट्रघाती, जनविरोधी, राष्ट्रहित विपरित रहेकोले सबै जनताले विरोध गर्नुपर्ने बताए । सिके राउतले उठाएको स्वतन्त्र मधेशलाई सरकारले बैधानिकता प्रदानगरी राष्ट्रघाती सम्झौता गरेकोले नेपाली काँग्रेस सम्झौताको विरुद्ध आन्दोलनमा जाने सभापति देउवाले चेतावनी दिए ।

प्रकाशित मिति : २ चैत्र २०७५, शनिबार  ९ : १८ बजे