सोलुखुम्बु-
नेपाली कांग्रेस सोलुखुम्बुका नेता एबम नेपाल उद्योग वाणिज्य महासङ्घका कार्यकारिणी सदस्य प्रकाशसिंह कार्कीले जनताको हित हुने काम जुन पार्टी र जसले गरे पनि त्यसलाई सबैले सहयोग गर्नुपर्ने बताएका छन ।सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकामा निर्माण हुने अस्पतालको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै नेता कार्किले राम्रो कामलाई प्रोत्साहन र सहयोग गर्ने परिपाटिको थालनी हुनुपर्नेमा जोड दिएका हुन ।
राम्रो काम जसले गरे पनि आफुले सहयोग र समर्थन गर्ने बताउदै नेता कार्किले जनताको हित र राम्रो काम गर्नेलाई एकदिन पक्कै जनताको साथ मिल्ने बिश्वाश समेत ब्यक्त गरे । निर्माणाधिन अस्पताल बने पछी त्यस क्षेत्रका जनताको स्वास्थ्य उपचारमा सहज हुने उल्लेख गर्दै नेता कार्किले अस्पताल निर्माणका लागी आफुले सक्दो सहयोग गर्ने प्रतिबद्दता ब्यक्त गरे । नेता कार्किले अस्पताललाइ सहयोग गर्न सबैलाई आग्रह गर्दै जनतालाई राहत पुग्ने सामाजिक काममा हातेमालो गर्नु खुशिको कुरा भएको समेत बताए ।
कार्यक्रममा सोलु दुधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङ्बु शेर्पाले स्थानिय तहको क्षमता बढाए मात्रै बिकाशको गती अघाडी बढ्ने ब ताए । नगर प्रमुख शेर्पाले स्थानिय तहमा सरकारले बजेट बढाउनु पर्ने खाचो रहेको औल्याउदै यसका लागी सबै स्थानिय तह र जनप्रती निधीहरुले आवाज उठाउनुपर्ने समेत उल्लेख गरे ।
५० शैयाको सुबिधा सम्पन्न अस्पतालको निर्माणका लागी थुलुङ दुधकोशी गाउँपालिकाको मुक्लीमा सप्ताहव्यापी श्रीमत भागवत् महायज्ञ को आयोजना गरिएको छ । महायज्ञबाट सहयोग सङ्कलन गरी अस्पताल निर्माण गर्ने लक्ष्य राखिएको छ । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल र प्रदेश नम्बर १ का मुख्य मन्त्री शेरधनराईले अस्पतालको संयुक्त रुपमा सिलान्यास गरी सकेका छन ।
अस्पतालको सिलान्यास कार्यक्रममा सोलुखुम्बुवाट प्रतिनिधी सभा सदस्य हेमकुमार राई, प्रदेश सभा सदस्य बुद्धिकुमार राजभण्डारी, उत्तमकुमार बस्नेत नेपाली कांग्रेस सोलुखुम्बुका शभापती बिनोद बस्नेत लगायत जिल्लाका सबै राजनितिक दलका नेता कार्यकर्ता र बुद्दिजिबीहरुको उपस्थिती रहेको थियो ।
अस्तापलका लागि स्थानीयले २३ रोपनी जग्गा निशुल्क प्रदान गरेका छन् भने अस्पताल निर्माणकै लागी आयोजना गरिएको सात दिनसम्म चल्ने महायज्ञ उद्घाटन अघिको कलश यात्रामा हजारौं स्थानिय भक्तजनहरु सहभागी भएका थिए ।