भिष्मराज आङदाम्बे अनुशासन समितिको संयोजक, किशोरसिंह राठौर र देवेन्द्रराज कँडेललाई सदस्य बनाउने कांग्रेसको निर्णय



काठमाडौं ।  नेपाली कांग्रेसको अनुशासन समिति गठन  गर्न  शिर्षनेताहरु सहमत भएका छन ।

यही बिशयमा सहमती नजुट्दा आज ११ बजे बस्ने भनिएको केन्द्रिय समिती बैठक सहमती जुटे  रातको ८ बजे पछि सुरु भएको केन्द्रिय कार्यलका सुचना अधिकारी केशब रिजालाले न्यू सञ्चार लाई बताए ।

बैठकले अनुशासन समितिको संयोजक पार्टिका केन्द्रीय सदस्य भिष्मराज आङदाम्बे सदस्यहरु  किशोरसिंह राठौर र देवेन्द्रराज कँडेल लाई बनाउने र अरु सदस्यहरु सहमतीमा टुंगाउने निर्णय गरेको छ ।

बैठक भोलि  दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने गरी सकिएको छ ।

आजको बैठकमा केन्द्रीय सदस्यहरु बालकृष्ण खाँण, रमेश रिजाल, फरमूल्लाह मंसुर, मानबहादुर विश्वकर्मा, भीष्मराज आङ्दम्वे, अजयकुमार चौरिसिया, शंकर भण्डारी, ईश्वरी न्यौपाने, मोहनबहादुर बस्नेत र बीरबहादुर बलायरले आ–आफ्नो धारणा राखेका थिय ।

 

प्रकाशित मिति : चैत्र ४, २०७५ सोमबार  ३ : २५ बजे