काठमाडौं चैत, ५–
भारतीय अर्बपति मुकेश अम्बानीले भाइ अनिल अम्बानीलाई जेल जानबाट जोगाएका छन्। मुकेशले सोमबार अन्तिम समयमा अनिलको उक्त ऋण तिरिदिएका हुन्।
अनिलले स्वीडेनको एरिक्सन कम्पनीलाई मंगलबारसम्म ८० मिलियन डलर (८ अर्ब ७७ करोड नेरू) पैसा तिर्नुपर्ने थियो। उक्त रकम तिर्न नसेक उनी तिन महिनाका लागि जेल जान पर्ने सर्वोच्च अदालतको आदेश थियो।
अनिलले सोमबार साँझ विज्ञप्ति जारी गर्दै अफ्ठेरो पर्दा साथ दिएको भन्दै दाइ र भाउजु नीतालाई धन्यवाद पनि दिएका छन् ।
उनले आफ्नो परिवार विगतको तिक्ततालाई बिर्सेर नयाँ ढंगबाट अघि बढिरहेको बताए।
सन् २००२ मा बुवा धिरूभाइ अम्बानीको मृत्युपछि सम्पत्ति र व्यापारबारे यी दुई दाजुभाइ सार्वजनिक रूपमै झगडामा उत्रिएका थिए।
पछि भागबन्डा गरेर अनिलले टेलिकम र उर्जा क्षेत्र र मुकेशले तेल र पेट्रोकेमिकलको व्यापार पाएका थिए।
तर पछिल्लो समय अनिलको व्यापार खस्किँदै गएको थियो भने मुकेशको व्यापार फैलिरहेको छ। ब्लुमवर्गले गत वर्षमात्र उनले १० अर्ब डलर सम्पत्ति थपेको जनाएको छ।