मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गिराजाप्रसाद कोइरालाको स्मृतिमा नेविसंघले गर्‍यो दिप प्रज्वलन



चैत ७, काठ्माण्डौ-

नेपाली कांग्रेसको भातृ संस्था नेविसंघले पूर्व प्रधानमन्त्री एबम नेपाली कांग्रेसका पूर्व सभापती गिराजाप्रसाद कोइरालाको स्मृतिमा दिप प्रज्वलन कार्यक्रम गरेको छ । नेता कोइरालाको नवौँ स्मृति दिवसका अवसरमा राजधानिको शान्ती बाटिकामा नेविसंघले दिप प्रज्वलन गरेको हो ।कार्यक्रममा संघका नेता कार्यकर्ताहरुले नेपालको राजनितिमा गिरिजा प्रसाद कोइराला अबिस्मरणिय रहेको बताएका थिय ।

कार्यक्रममा बोल्दै नेविसंघका पूर्व महामन्त्री एबम कांग्रेसका युबा नेता मनोजमणी आचार्यले गिराजा प्रसाद कोइराला नेपाली कांग्रेसको मात्रै नभएर नेपालको राजनितिकै मियो भएको बताए । नेता आचार्यले गिराजा प्रसाद कोइरालाले छोडेका कार्यभार पुरा गर्न कांग्रेस एकताबद्द भएर लाग्नुपर्ने समेत बताए ।

प्रकाशित मिति : ७ चैत्र २०७५, बिहिबार  ३ : १८ बजे