चैत ९, सिन्धुली-
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तत्काल बार्ता मार्फत समस्याको समाधान खोज्न सरकार र बिप्लब नेकपालाई आग्रह गरेका छन ।
नेपाल प्रेस युनियन सिन्धुलीले आज सिन्धुलीमाढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले शान्ती सुरक्षा स्थापना गर्न र भ्रष्टाचार नियण्त्रण गर्न पुरै असफल भएको सरकारले अब राजनितिक समस्या पनि ल्याउन लागेको बताए । बिगतको माओबादी द्वन्द समाधान गर्न नेपाली कांग्रेसले ठुलो मुल्य चुकाएको उल्लेख गर्दै अहिले फेरी देश द्वन्दको खतारामा जाने सम्भबना देखिएको बताए । नेता पौडेल सनकको भरमा भरमा सरकार चलाएर देशलाई फेरी द्वन्दमा धकेल्ने काम भैरहेको भन्दै मुलुक प्रतिको जिम्मेवारी ग्रहण गर्दै तत्काल बार्ता मार्फत समाधान खोज्ने प्रयासमा लाग्न सरकार र बिप्लब समुहलाई आग्रह गरे ।
नेपाल प्रेस युनियन सिन्धुलीले आज सिन्धुलीमाढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले प्राधान्मन्त्रीमा असिमित शक्तिको भोक देखिएको आरोप लगाउदै नेता पौडेलले ठूला आयोजना, सेनाको परिचालनको अधिकार र न्यायिक निकायको अधिकार प्रधान्मन्त्रीलाई किन चाहिएको भनि प्रश्न उठाए ।
नेता पौडेलले प्रश्न गर्दै भने निर्मला पन्तको एउटाा हत्यारा पत्ता लगाउन नसक्ने सरकारले अरु के गर्न सक्छ ? शान्ती सुरक्षा स्थापना गर्न र भ्रष्टाचार नियण्त्रण गर्न सरकार पुरै असफल भएको भन्दै नेता पौडेलले सरकार सग अब जनताले आशा गर्ने ठाउ नरहेको उल्लेख गरे ।