नियमित रचना वाचनकाे शृङ्खला ‘निरन्तर शनिबार’ मा कबी माेमिला



काठ्माण्डौ-

 नियमित रचना वाचनकाे शृङ्खला , “निरन्तर शनिबार” यस पटककाे शृङ्खलामा अतिथिको रुपमा निम्त्याएका कबी माेमिलाले आफ्ना रचना बाचन गरेका छन ।

कविता वाचनअघि अाफ्ना अनुभव र अनुभूतिहरु सुनाउने क्रममा कवि माेमिलाले अाफ्नाे बाबाबाट कविता लेखनकाे प्रेरणा प्राप्त गरेकाे प्रसङ्ग काेट्याउनु भयाे । राम्रा कविता जुनसुकै विचारधारा वा वादमा अाधारित भए पनि राम्रा हुने र विषय वा विचारले मात्र कविता सुन्दर नहुने विचार व्यक्त गर्नु भयाे । साहित्यका अन्य विधामा पनि काव्य तत्त्व मिसिएर अाएका रचना वा कृति अब्बल हुने धारणा  उहाँले राख्नु भयाे । साहित्यले जीवनलाई सकारात्मक उर्जा प्रदान गर्ने र समाजलाई सही दिशातर्फ डाेर्याउन मद्दत गर्न भन्दै कवि माेमिलाले काव्य साधना अाफ्नाे जिन्दगीकाे महान् अनुष्ठान भएकाे कुरा बताउनु भयाे । मन्तव्यपछि उहाँले-  प्रेम, पीडा, प्यास र पानी, सूर्य समय, भीमसेन थापाकाे सुसाइड नाेट, परिवारकाे इप्सा स्मृति सडकबाट र नगरवधुकाे वक्तव्य गरी पाँच वटा कविता सुनाउनु भयाे ।

कार्यक्रममा पूर्णिमा प्रतिविम्ब,  सुदर्शन शर्मा, राम अविरल बिस्ट, मनाेज नेपाली,  तिलक खुँजेली, रमेश बलामी, चन्द्रकान्त पाैडेल, महेश जाेशी, रत्नविरही घिमिरे, पदम दाहाल, ईश्वर थाेकर, पवन विक्रम परियार, केवल कार्की, छविरमण सिलवाल,  साेझाे गाउँले लगायतले पनि अाअाफ्ना रचना(कविता, गीत, गजल, मुक्तक) सुनाएका थिए ।

कार्यक्रमकाे अन्त्यमा संयाेजक डिल्लिराम सुवेदीले १३ वर्षअगाडि बन्दुकले वसन्तलाई प्रवेश निषेध गरेकाे बेला ‘निरन्तर शनिबार’काे जन्म भएकाे र अनेक उतारचढावहरु पार गर्दै यहाँसम्म अाइपुगेकाे स्मरण गर्दै अाफ्नाे एउटा कविता पनि सुनाउनु भयाे। कार्यक्रम वाल्मीकि विद्यापीठमा सम्पन्न भएकाे थियाे । उक्त कार्यक्रम रेडियाे अन्नपूर्ण ९४ मेगाहर्जबाट प्रसारण गर्नका रेकर्ड पनि गरिएकाे थियाे ।

प्रकाशित मिति : ९ चैत्र २०७५, शनिबार  ४ : १२ बजे