मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महिला आयोगको निर्देशन – विनु यादव र ज्यास्मिन ओझालाइ शान्ति सुरक्षा प्रदान गर्नू



काठमाडौं, २६ मंसिर । राष्ट्रिय महिला आयोगले ज्यास्मिन ओझा र विनु यादवलाई शान्ति सुरक्षा प्रदान गर्न जिल्ला प्रशासन कार्यालय रामेछापलाई निर्देशन दिएको छ ।

हिंसा पीडित विनु यादवको न्यायिक लडाइँमा साथ दिँदा आफूमाथि शारीरिक र मानसिक आक्रमण भएकाले शान्ति सुरक्षाको माग गर्दै ओझाले दिएको निवेदनउपर सुनुवाइ गर्दै आयोगले दुवै जनालाई शान्ति सुरक्षा प्रदान गर्न जिल्ला प्रशासन कार्यालय रामेछापलाई निर्देशन दिएको हो ।

गृह मन्त्रालयलाई बोधार्थमा राखेको पत्र जिल्ला प्रशासन रामेछापलाई पठाएको आयोगले विनु यादव पीडित रहेको मुद्दाको २७ मंसिरमा रामेछाप जिल्ला अदालतमा बकपत्र रहेको हुँदा उनलाई शान्तिपूर्ण रुपमा बकपत्र सम्पन्न गर्ने वातावरण मिलाउन पनि आदेश दिएको छ ।

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार  ५ : ५४ बजे