सिन्धुलीमा ५०० जना कांग्रेसमा प्रबेश, बरीष्ट नेता पौडेल र गगन थापाले गरे स्वागत



सिन्धुली-

पछिल्लो समय नेपाली कांग्रेस प्रती जनताको आकर्षण बढ्दै गएको छ ।शान्ती सुरक्षा,सुशासन र बिकास अहिलेको सरकारबाट सम्भब देखिन छोडेपछी जनताको आशा कांग्रेसतर्फ बढ्दै गएको देखिएको छ । यसै बिच  सिन्धुली जिल्लाको मरिन गाउपालिकामा नेकपा ,राप्रपा र अन्य पार्टिहरुका गरी ५०० जना ति पार्टिका नेता कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रबेश गरेका छन । पूर्व माओबादी र हाल नेकपाका नेताहरु तेज बहादुर घिमिरे बिक्,बिश्व राइ दनुवार र जनमुक्ती पार्टिका श्रीकृष्ण घिसिङ को नेतृत्वमा ५०० जना नेपाली कांग्रेसमा प्रबेश गरेका हुन ।

 

नेपाली कांग्रेस सिन्धुली जिल्ला कार्यसमितिले आयोजना गरेको आमसभाको क्रममा नेकपा लगायत अन्य पार्टि परित्याग गरी उनिहरु नेपाली कांग्रेस प्रबेश गरेका हुन ।

नब प्रबेशिहरुलाई कांग्रेस बरीष्ट नेता रामचन्द्र पौडेल,केन्द्रिय सदस्यहरु गगन थापा र चन्द्र भण्डारिले खादा र अबिरको टिका लगाएर स्वागत गर्दै कांग्रेसमा भित्र्याएका हुन ।

कार्यक्रममा बोल्दै  कांग्रेस बरीष्ट नेता रामचन्द्र पौडेलले नेपालका कम्युनिष्टहरुको असली अनुहार जनताले देखिसकेकोले अब जनतामा कम्युनिष्ट पार्टी प्रती कुनै आकर्षण नरहेको बताए । बर्तमान सरकारका गतिबिधी हेर्दा नै जनाता नेकपा सग वाक्क  भइ  सकेको बताउदै नेता पौडेलले अब जनता कांग्रेस सग नै आशाबादी रहेको बताए ।

कार्यक्रममा युबा नेता एबम केन्द्रिय सदस्य गगन थापाले सरकार अधिनायाकबादी शैलिमा अघी बढेको भन्दै प्रधानमन्त्री ले सबै अधिकार आफु मातहत ल्याउन खोज्नु तेसैको पूर्व सङ्केत भएको उल्लेख गरे ।

कार्यक्रम कांग्रेस सिन्धुली जिल्ला सभापती उज्वल प्रसाद बरालको सभापतित्वमा भएको थियो ।कार्यक्रमलाई युबा नेता एबम केन्द्रिय सदस्य चन्द्र भण्डारी , कांग्रेस सिन्धुलीका सभापती उज्वल प्रसाद बराल लगायत स्थानिय नेताहरुले सम्धबोन गरेका थिय ।

 

प्रकाशित मिति : १० चैत्र २०७५, आइतबार  ६ : ५८ बजे