१० चैत्, काठमाण्डौ-
एजेन्सी
भारत र पाकिस्तानबिच केहि समय अघाडी बढेको तनाब केहि कम भय पनि कश्मिर स्थित भारत र पाकिस्तानको सिमा छुट्याउने नियण्त्रण रेखा वरि परी गोली हानाहान भइ रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएकाछन ।
गत शनिबार र आइतबार समेत भारत पाकिस्तान सिमामा पाकिस्तानी सेनाले फायरिङ्ग गरेको र भारतिय सेनाले पनि जवाफी कार्बाही गरिरहेको बताइएको छ ।
दोहोरो गोली हानाहान र गोलाबारिमा परी एक भारतिय सैनिकको मृत्यु भएको छ । मृत्यु हुने सैनिक राजस्थान निबासी भएको बताइएको छ ।
त्यसै गरी भारतिय सेनाले गरेको गोलाबारिमा सिमास्थित एउटाा पाकिस्तानी प्रहरी चौकी ध्वस्त भएको भारतिय अनलाईन पत्रीका दैनिक भास्कारले समाचारमा उल्लेख गरेको छ ।
केहि समय अघी देखी बढिरहेको भारत पाकिस्तान तनाबलाई आउन लागेको भारतिय लोकशभा चुनाब सग जोडेर समेत हेर्ने गरिएको छ ।