काठमाडौ –
प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीको विकासलाई सरकारले उच्च प्राथमिकतामा राख्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कर्णाली प्रदेशका सांसदसँग आज सिंहदरबारमा भएको अन्तक्र्रियामा उनले गतबर्षको बजेट विनियोजनमा कर्णालीका महत्वपूर्ण योजना छुटेको बताउँदै आगामी बजेटमा कर्णालीलाई प्राथमिकतामा राखिने बताए ।
“गत वर्ष कर्णाली प्रदेशका जिल्लालाई योजना र बजेट दिन छुटेको सही हो तर यसपाली त्योक्रम दाहोरिँदैन”, उनले भने, “सरकारले कर्णाली प्रदेशको विकासलाई उच्च प्राथमिकतामा राख्छ ।” प्रधानमन्त्री ओलीले जनसङ्ख्याका आधारमा मात्र स्रोतको परिचालन भन्ने कुरा जायज नभएको भन्दै कर्णालीमा भूगोलका आधारका स्रोत परिचालन गरिने जानकारी गराए ।