मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतले परिक्षण गर्‍यो आन्तरिक्ष सम्म मार हान्ने क्षेप्यास्त्र : प्रधानमन्त्री मोदिमाथी चुनाब प्रभाबित पार्न खोजेको आरोप



 

चैत १३,काठ्माण्डौ-
एजेन्सि-
भारतले आन्तरिक्षा सम्म प्रहार गर्न सक्ने क्षेप्यास्त्रको सफल परिक्षण गरेको छ । भारतले जमिनबाट आक्रमण गरेर पृथ्बिको तल्लो कक्षमा रहेको एक भूउपग्रहलाई खसाल्ने परीक्षण सफलताका साथ सम्पन्न गरेको हो ।

परिक्षण सफल भएपछी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बुधवार राष्ट्रका नाममा सम्बोधन गर्दै भारत अब अन्तरिक्ष शक्तिका रूपमा स्थापित भएको घोषणा गरेका छन्। उनल यो परीक्षण पछि भारत अन्तरिक्ष क्षमता भएका ठूला राष्ट्रहरूको लहरमा पुगेको र एन्टि स्याटलाइट मिसाइल (एएसएटी) भनिएको भूउपग्रह प्रतिरोधी क्षेप्यास्त्रको सफल प्रक्षेपण गर्ने अमेरिका, चीन र रुसपछिको चौथो देश भारत  बनेको समेत दाबी गरे ।

प्रधानमन्त्री मोदिको सोम्बोधन पछी भारतिय राजनितीमा भने नयाँ तरङ्ग सिर्जना भएको छ ।सरकारका बिपक्षी दलहरुले चुनाबको मुखमा यस्तो परिक्षण गरेर प्रधानमन्त्री मोदिले निर्बाचनलाई प्रभाबित पर्न खोजेको आरोप लगाएका छन ।

राष्ट्रिय निर्वाचन हुनु दुईहप्ताभन्दा कम समय बाँकी रहँदा,  यसबाट राजनीतिक लाभ लिने प्रयास गरेको र देशको अन्तरिक्ष निकायको उपलब्धिको जस आफैले लिन खोजेको बिपक्षिहरुले आरोप लगाएका छन ।

पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले भनेकी छन्, प्रधानमन्त्री मोदीले चुनाव अगाडिको समयमा “राजनीतिक फाइदा” लिन खोजेका छन्।

कंग्रेसका अध्यक्ष राहुल गान्धीले भने भारतको प्रतिरक्षा अनुसन्धान तथा विकास संस्था डीआरडीओलाई यो सफल परीक्षणका लागि बधाई दिँदै प्रधानमन्त्रीले जस लिएर चुनाब प्रभाबित गर्न खोजेको प्रतिकृया दिएका छन भारतबाट प्रकाशित हुने अनलाईन पत्रीका दैनिक भाश्करले समाचारमा उल्लेख गरेको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७५, बुधबार  १२ : ४१ बजे