जम्मु काश्मिरबाट भाजपाको चुनावी प्रचार थाल्दै भारतिय प्रधानमन्त्री मोदी



चैत १४,काठमाण्डौ-

एजेन्सि-

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आजदेखि  जम्मु काश्मिरबाट चुनाव प्रचार अभियान शुरु गर्ने भएका छन ।सन् २०१४ मा भएको निर्वाचनमा यस राज्यमा भाजपा विजयी भएको थियो। जम्मु, उदामपुर र लाडाख गरी तीन सिटमा विजयी भएको हो। जम्मु र काश्मिरमा लोकसभा निर्वाचनका लागि पाँच चरणमा मतदान हुन लागेको छ।अप्रिल ११ बाट सुरु भई अप्रिल १८, २३, २९ र मे ६ का दिन मतदान हुने भएको छ।

निर्बाचन नजिकिए सगै भारतिय राजनिती पेचिलो बन्दै गैरहेको छ । सबै दलका नेता कार्यकर्ताहरु एक अर्काको बिरुद्दमा शसक्त उत्रीएका छन ।

बिभिन्न सर्बेक्षणहरुले कडा प्रतिस्पर्धा भय पनि प्रधानमन्त्री नरेन्द्र मोदिको पार्टी भाजपा अघाडी रहेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन । भारतलाई बिश्वशक्ती राष्ट्रको रुपमा उभ्याउने मोदिको महत्वकाङ्क्षा प्रती भारतीय जनतामा सकारात्मक छाप परेको बिभिन्न सञ्चारमाध्यमहरुले राजनितिक बिश्लेसकहरुलाई उधृत गर्दै समाचारमा जनाएका छन ।

प्रकाशित मिति : १४ चैत्र २०७५, बिहिबार  ५ : ५३ बजे