चैत १५,एजेन्सी काठ्माण्डौ-
भारत र पाकिस्तान बिच दुइ देशको सिमाना लाईन अफ कन्ट्रोल (एलओ सि) वरिपरी भिडन्तहरु भइ रहेको समाचारहरु प्राप्त भएका छन ।भारतिय लोकशभा निर्बाचन नजिकै आइरहदा सबैको ध्यान निर्बाचन तिरै रहे पनि सिमानामा भिडन्तहरु जारी रहेको भारतिय अनलाईन समाचार पत्रीका दैनिक भाष्करले समाचारमा उल्लेख गरेको छ ।
यसै बिच भारत प्रसासित कश्मीरको बडगाममा शुक्रबार बिहान भएको भिडन्तमा सुरक्षाकर्मीले दुई जना आतंककारीलाई मारेको र बडगाममा अहिले पनि भिडन्त जारी रहेको जनाइएको छ ।
बिहीबार पनि भारतिय सुरक्षाकर्मीको कार्बाहिमा चार जना आतंककारीहरु मारिएका थिय । भिडन्तमा चार जना सुरक्षाकर्मी घाइते भएका छन् ।
भारतीय सुरक्षाकर्मीले उक्त क्षेत्रमा आतङ्ककारी समूह बिरुद्द अपरेशन चलाईरहेको समाचारहरुमा जनाइएको छ ।
भारत प्रशासित काश्मिरको पुलवामा भएको आक्रमणमा ४७ भारतिय सुरक्षाकर्मीको ज्यान गएको थियो । त्यसयता कश्मिर क्षेत्र थप अशान्त बनेको छ ।










