काठ्माण्डौ-
काठ्माण्डौको टोखा नगरपालिका वार्ड नम्बर ११ मा आयोजित एक कार्यक्रममा नेकपा परित्याग गरी करिब ७० जना नेपाली कांग्रेसमा प्रबेश गरेका छन ।
वडा कार्यसमिती वार्ड नम्बर ११ टोखाले आयोजना गरेको कृयाशिला सदस्य भेला तथा शुभकामना आदान प्रदान कार्यक्रममा कार्यक्रममामा उनिहरु नेपाली कांग्रेसमा प्रबेश गरेका हुन ।उनिहरुलाई नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले खादा र माला लगाएर कांग्रेसमा स्वागत गरेका छन ।
कार्यक्रममा बोल्दै नेता सिंहले बर्तमान सरकारका प्रधानमन्त्री काममा भन्दा गफ गर्नमै रमाइरहेको बताए । नेता सिंहले बजेट कार्यन्बन गर्न नसक्ने सरकारले लगानी कर्तालाई कसरी आकर्षित गर्न सक्छ भन्ने प्रष्न गर्दै पहिला सरकारको क्षमता र कार्यशैली सुधार गर्न सुझाब दिए ।
कार्यक्रममा पूर्व रक्षा मन्त्री भिमसेनदास प्रधान ,नेपाली कांग्रेसका काठ्माण्डौ जिल्ला शभापती कृष्ण सबुज बानिया लगायतका नेताहरुले आ-आफ्नो धारणा राखेका थिय ।
कार्यक्रम वडा समितिका अध्यक्ष कोषराज सिटौलाको अध्यक्षतामा भएको थियो ।