मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बसुन्धारामा सकेट बम फेला पर्यो



काठमाडौं चैत, २५– काठमाडौंको बसुन्धारामा सकेट बम भेटिएको छ । बसुन्धरास्थित ओसिस क्याफे पछाडि रहेको कल्चर सेन्टरको कार्यलयमा बम भेटिएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ । यतिवेला नेपाली सेनाको बम डिस्पोजल टोली त्यसतर्फ जाँदैछ । काठमाडौं प्रहरी परिसर, टेकुले सांस्कृतिक कार्यक्रमका लागि कोरिया पठाउने ‘‘द वल्र्ड कल्चर आर्ट एसोसिएन अफ नेपाल’को कार्यालयमा बम भेटिएको जनाएको छ । प्रहरीले अनुसन्धानका क्रममा कार्यालयमा आएका ५ जना सेवाग्राहीलाई नियन्त्रणमा लिइएको छ । कार्यालयका सञ्चालक भने डम्बर विसी हुन् । उनले आफू विरामी रहेको बताएका छन् ।

यसअघि २४ फागुनमा बसुन्धरामै वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा प्रेसर कुकर बम विष्फोट गराइएको थियो ।

प्रकाशित मिति : २५ चैत्र २०७५, सोमबार  ९ : २१ बजे