काठमाडौं चैत, २५– नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले फेरी देशमा लोडसेडिङ गराउने प्रयास थालिएको बताएका छन् । सोमबार प्राधिकरणको केन्द्रीय कार्यलयमा पत्रकार सम्मेलनको आयोजना गरेर कार्यकारी निर्देशक घिसिङले देशलाई फेरि लोडसेडिङ्गको युगमा लाने प्रयास भैरहेको बताएका हुन् ।
उनले आफ्नो छवी धुमिल्याउने प्रयास भैरहेको भन्दै आफूले नलिएको भत्तालाई लिएको भन्दै केही संचार माध्यममा समाचार आएकोमा दुःख समेत व्यक्त गरे । त्यस्ता समाचारहरु प्रायोजित रहेको घिसिङको भनाइ छ ।
उनले भने ‘पहिला प्रधिकरणलाई डुबाउने खलेमा लागेकाहरुबाटै फेरी आक्रमण शुरु भएको छ ।’ यसरी अनर्गल प्रचार गर्ने र षडयन्त्र गर्ने बिरुद्ध कार्बाही गर्ने घिसिङले प्रष्ट पारे । पहिला लोडसेडिङ कसरि भयो र को(को समलग्न थिए त्यस्को सबै प्रमाण आफुसँग रहेको र आफु कार्बाही गर्न पछि नपर्ने घिसिङको भनाइ थियो ।
उनले उज्यालो नेपालको परिकल्पना पूरा गर्न लागेको आफ्नो टिमलाई तेजोबोध गर्ने कुरा पाच्य नहुने प्रष्ट पारे ।








