मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पहिलोपटक आन्तरिक प्रतिस्पर्धाबाट बढुवा हुँदै डीएसपी



काठमाडौं चैत, २६–
नेपाल प्रहरीको नायब उपरीक्षक (डीएसपी) पदमा पहिलोपटक आन्तरिक प्रतिस्पर्धाबाट बढुवा हुने भएको छ ।

गृह मन्त्रालयले अघि बढाएको नयाँ प्रहरी ऐनमा रिक्त पदमध्ये २० प्रतिशत ‘अन्तरसेवा प्रतिस्पर्धा’बाट बढुवा गर्ने प्रावधान राखिएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

मन्त्रिपरिषद्मा पेस गर्नुअघि गृह मन्त्रालयले ऐनको मस्यौदा रायका लागि गत साता लोकसेवा आयोगमा पठाएको छ । करिब आठ महिनापछि कानून तथा संसदीय मन्त्रालयले ऐनको मस्यौदामा राय दिएको हो । यससँगै मस्यौदालाई अघि बढाउन लागिएको छ ।

गृहले ल्याउन लागेको भर्ना, बढुवा तथा अवकाशका नयाँ प्रावधानसहितको ऐनलाई ‘नेपाल प्रहरी गठन तथा सेवाका सर्तसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ नाम दिइएको छ । पारित भएपछि यसले प्रहरी ऐन २०१२ लाई विस्थापित गर्नेछ ।

प्रस्तावित ऐन पारित भएमा आइजिपी र एआइजीको पदावधि घट्नेछ । हाल आइजिपीको चार र एआइजीको पाँच वर्ष पदावधि छ ।

नयाँ ऐनमा आइजिपीको तीन तथा एआइजीको कार्यकाल चार वर्ष हुने प्रस्ताव गरिएको छ । त्यस्तै, डिआइजीको पाँच, एसएसपीको सात, एसपीको १० वर्ष कायम गरिएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७५, मंगलबार  २ : ३४ बजे