लमजुङ चैत, २६–
नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टीभित्र गुट रहेसम्म् कांग्रेस पहिलो शक्ति बन्न नसक्ने बताएका छन् । मंगलबार लमजुङमा प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै महामन्त्री कोइरालाले गुट, उपगुटहरु बिचको अस्वस्थ प्रतिश्स्पर्धा नैकांग्रेसको पराजयको मुख्य कारण भएको प्रष्ट पारे ।
महामन्त्री कोइरालाले आफू पूर्ण रुपमा गुट, उपगुट हटाएर सिंगो र बलियो कांग्रेस निर्माणमा निरन्तर लागेको बताए ।
उनले भने, ‘गुट, उपगुट नरहे मात्रै कांग्रेस पहिलो दल हुन्छ। कांग्रेसलाई पहिलो हुन कसैले रोक्दैन, मेलमिलाप र एकताको बाटोमा हामी लाग्नुपर्छ।’
वर्तमान कम्युनिष्ट सरकारले भ्रष्टचार रोक्नुको साटो झन् मलजल गर्ने गरेको नेता कोइरालाको आरोप थियो । उनले ओली सरकारले कुनै पनि हालतमा भ्रष्टचार रोक्न नसक्ने ठोकुवा समेत गरे ।
‘महँगी र कर आकाश छुने गरी वृद्धि भइराखेका छन् वाइड बडीमा भएको भ्रष्टाचार पनि खोजी गरिएको छैन। किन ?’ कोइरालाको प्रश्न थियो ।








