मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निजी विद्यालयले मनपरी शुल्क असुल्न थालेपछि महानगरले तोक्यो शुल्क दर



काठमाडौं चैत, २७–
राजधानीका निजी विद्यालयले मनपरी शुल्क असुल्न थालेपछि काठमाडौं महानगरले मंगलबार अधिकतम शुल्क निर्धारण गरेको छ ।

विगत दुई वर्षदेखिको शुल्क समायोजन गर्दै महानगरपालिकाले अधिकतम शुल्क तोकेको हो । राजधानी दैनिकले समाचार छापेको छ ।

जसअनुसार, कक्षा १ देखि ५ सम्म ‘क’ वर्गका विद्यालयका लागि २ हजार ८१२ रुपैयाँ, ‘ख’ वर्गका विद्यालयका लागि २ हजार ४१८, ‘ग’ वर्गका लागि २ हजार २४ र ‘घ’ वर्गका विद्यालयका लागि एक हजार ६३० रुपैयाँ अधिकतम शुल्क कायम गरिएकोे छ ।

यसअघि ती विद्यालयमा ‘क’ वर्गका लागि अधिकतम शुल्क २ हजार ३६३ रुपैयाँ, ‘ख’ वर्गका लागि १ हजार ९६९ रुपैयाँ, ‘ग’ वर्गका लागि १ हजार ५७५ रुपैयाँ र ‘घ’ वर्गका विद्यालयका लागि १ हजार १८१ रुपैयाँ तोकिएको थियो ।

कक्षा ६ देखि ८ सम्म ‘घ’ वर्गका विद्यालयको अधिकतम् शुल्क १ हजार ९०१ रुपैयाँ, ‘ग’ वर्गका लागि २ हजार ३५१, ‘ख’ वर्गका लागि २ हजार ८०१ र ‘क’ वर्गका विद्यालयका लागि ३ हजार २५१ रुपैयाँ कायम गरिएको छ । यसअघि क्रमशः १ हजार ३५०स १ हजार ८ सय, २ हजार २५० र २ हजार ७ सय रुपैयाँ कायम गरिएको थियो ।

त्यस्तै, कक्षा ९ र १० मा ‘घ’ वर्गमा पर्ने विद्यालयले २ हजार ५३७ रुपैयाँ अधिकतम शुल्क लिन पाउनेछन् । यसअघि त्यस वर्गका लागि अधिकतम शुल्क १ हजार ८३८ रुपैयाँ तोएिको थियो ।

त्यस्तै ‘ग’ वर्गका लागि ३ हजार १४९, ‘ख’ वर्गका लागि ३ हजार ७६२ र ‘क’ वर्गका लागि ४ हजार ३७३ रुपैयाँ अधिकतम शुल्क तोकिएको छ । यसअघि ती वर्गका विद्यालयको अधिकतम् शुल्क क्रमशः २ हजार ४५०स ३ हजार ६३ र ३ हजार ६७५ रुपैयाँ तोकिएको थियो ।

महानगरपालिकाले संस्थागत (निजी) विद्यालयले उठाउने चर्को शुल्कमाथि अंकुश लगाएको छ । महानगरले नगरभित्र सञ्चालनमा रहेका निजी विद्यालयले लिन पाउने अधिकतम शुल्क नै तोकेर यसमा कडाइ गरेको हो ।

महानगरपालिकाका अनुसार विद्यालय सञ्चालनको अवस्था र व्यवस्थालाई आधार बनाएर क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गमा वर्गीकरण गरी त्यहीअनुसार अधिकतम शुल्क तोकिएको छ ।

विद्यालय वर्गीकरण तथा शुल्क अनुगमन समितिले अधिकतम शुल्क लिन पाउने गरी विद्यालयलाई वर्गीकरण गरेको महानगरका शिक्षा अधिकारी निर्मला केसीले बताए । यससँगै विद्यालयले आफ्नो वर्गअनुसारको अधिकतम शुल्क लिन सक्नेछन् ।

त्यस्तै, अतिरिक्त शुल्क शीर्षकअन्तर्गत उठाउँदै आएको शुल्कबाट विद्यालयले मासिक शुल्कको दुई महिनाको शुल्कबराबर वार्षिक शुल्क मात्र लिन पाउने व्यवस्था गरिएको छ । महानगर शिक्षा नियमावलीअनुसार समितिमा शिक्षा अधिकारीको संयोजकत्वमा विषयगत प्रतिनिधित्व रहने व्यवस्था छ ।

प्रकाशित मिति : २७ चैत्र २०७५, बुधबार  २ : ०६ बजे