कांग्रेस महामन्त्री कोइरालाद्वारा उद्योगपति गोल्छाको निधनप्रति दुःख व्यक्त



काठमाडौं चैत, २७–
कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले उद्योगपति तथा पूर्वसांसद दिवाकर गोल्छाको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । नेपालको प्रसिद्ध ब्यापारिक घरानाका गोल्छाको निधनले देशको एक अनुभवी उद्योगपति गुमाएको बताउदै कोइरालाले उनको आत्माको चीर शान्तिको कामना गर्दै उनका शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् । उद्योगपति गोल्छाको मंगलवार राति भारतको चेन्नइमा निधन भएको हो ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष समेत रहिसकेका गोल्छाको दुई साताअघिमात्र मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
६७ वर्षीय गोल्छा पहिलो संविधानसभामा नेपाली कांग्रेसबाट समानुपातिक सभासद थिए । गोल्छा अर्गनाइजेशनको औद्योगिकरणमा काका हुलासचन्द्र गोल्छालाई उनले नै प्रेरित गरेका थिए । उनको अग्रसरतामा करिब २ दर्जन उद्योग स्थापना भएका छन् । गोल्छाको पार्थिव शरीर विहीबारसम्म काठमाडौं ल्याइने पारिवारिक स्रोतले जनाएको छ । गोल्छाका दुई छोरा छन् ।

प्रकाशित मिति : चैत्र २७, २०७५ बुधबार  ७ : ३३ बजे