एअर मार्शलको रुपमा काठ्माण्डौ बिमानस्थलमा भारतिय सेना रहने गरेको खुलासा, सरकार प्रती गम्भिर आशङ्का



काठ्माण्डौ-

नेपाल सरकारको अनुमति बिनानै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय एयर मार्शलहरु रहदै आएको खुलेको छ ।  नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा  इन्डियन एयरलाइन्सले भारतिय सेनाका सुरक्षाकर्मिहरु एअर मार्शलको रुपमा प्रयोग गरी रहेको तथ्य सार्बजनिक भएको छ ।

भारतले नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा एयर मार्शल राख्न पाउनु पर्ने धेरै समय देखी माग गर्दै आएको भय पनि सरकारी स्तरमा सम्झौता भएको सार्बजनिक भएको छैन । तेस्तो सम्झौता भएको भय पनि त्यो सार्बजनिक भएको छैन ।

यो भरतले नेपालका हरेक पटक बन्ने सरकार सग माग राख्दै आएको बिषय हो ।तर अहिले सम्म नेपालमा बनेका कुनै सरकारले भारतको यो प्रस्ताब अस्विकार गर्दै आएका थिय ।

नेपालको हावाइ निती अनुसार अनुसार गृह मन्त्रालयबाट स्वीकृति लिएर मात्र एयर मार्शल राख्न पाइने भएपनि अनुमति नलिएरै भारतले एयर मार्शल राखेको खुलेको छ । एअर मार्शल राख्ने प्रचलन अन्य मुलुकमा पनि रहेको भय पनि त्यो दुइ देश बिच सम्झौता भए पछी मात्रै सम्भब हुने गरेको छ ।

यस सगै बर्तमान सरकार र सरकारका प्रधानमन्त्री प्रती गम्भिर प्रश्न उठेको छ ।

के सरकारी अनुमती बिनै जुन सुकै रुपमा होस कुनै देशको अन्तर्राष्ट्रिय बिमानस्थलमा बिदेशी सेना रहन सक्छ ?

कुनै मुलुकको अन्तर्राष्ट्रिय बिमानस्थलमा बिदेशी सेनाको उपस्थिती बारे त्यो देशको सरकार अनभिज्ञ रहन सक्छ ?

एअर मार्शलका रुपमा भारतिय सेनाको उपस्थिती रहेको खुले सगै यस बिशयमा बर्तमान सरकारले कुनै अदृष्य सम्झौता गरेको आशङ्काहरु गर्न  थालिएको छ ।

दुइ देशको स्तरमा कुनै सम्झौता नभइ एअर मार्शलको रुपमा भारतिय सेनाको उपस्थिती लाई सरकारले स्विकार गरेको हो भने यो कस्तो बिशय हो ? यदी भारतले एअर मार्शल राख्न पाउने  सम्झौता भएको भय त्यो सार्बजनिक नहुनु पर्ने के कारण हो ?

यस बिशयमा बर्तमान सरकारले जनतालाई जवाफ दिनु पर्छ ।

प्रकाशित मिति : चैत्र २९, २०७५ शुक्रबार  ५ : ०३ बजे