मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वाइडबडीका कारण नेपाल वायु सेवा निगमलाई ६ महिनामा १ अर्ब बढी घाटा



काठमाडौं चैत, २९– वाइडबडी विमान सञ्चालमा आउन नसक्दा ६ महिनामै साढे १ अर्ब भन्दा बढी घाटा भएको छ। नेपाल वायु सेवा निगमले खरिद गरेका दुई वटा विमान सञ्चालनमा आउन नसकेपछि उक्त घाटा भएको हो ।

शुक्रबार महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५६ औं वार्षिक प्रतिवेदनमा उक्त कुरा उल्लेख छ । महालेखाको प्रतिवेदन अनुसार दुई वटा वाइडबडी जहाज पूर्णरुपमा सञ्चालनमा ल्याउन नसक्दा ६ महिनामै १ अर्ब ६६ करोडभन्दा बढी घाटा भएको देखाएको हो । आफ्नो लक्ष्य अनुरुप वाइडबडी विमानको उडान गर्न नसक्दा निगमले घाटा बेहोर्नुपरेको प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनमा २०७५ साउनदेखि पुससम्मको ६ महिनामा निगमले १ अर्ब ६६ करोड ३१ लाख अनुमानित नोक्सानी व्यहोरेको उल्लेख छ। निगमले विमान खरिदका लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट २३ अर्ब ९९ करोड ६१ लाख ऋण लिएर २२ अर्ब ९० करोड १७ लाख १६ हजार रुपैयाँ विमान खरिदमा खर्च गरेको प्रतिवेदनमा उल्लेख छ।

यसैबीच लेखा समिति अन्तर्गत गठित उपसमितिले वाइडबडी विमान खरिद गर्दा अर्बौ रुपैयाँ अनियमितता भएको भन्दै त्यसबारे छानविन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गरेको छ । उता अख्तियारले पनि वाइडबडी विमान खरिदमा भएको अनियमितताबारे छानबिन अघि बढेको जनाएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७५, शुक्रबार  ११ : ५१ बजे