यस पटकको निरन्तर शनिबार शृङ्खलामा हरिमाया भेटवाल



 शनिबार, चैत्र ३०, २०७५

निरन्तर शनिबार अन्तर्गत नियमित रचना वाचनकाे  यस पटककाे शृङ्खला कवि हरिमाया भेटवालका रचना बाचन सहित सम्पन्न भएको छ । कार्यक्रममा भेटवालले आफ्नाे साहित्यिक यात्राका अनुभूतिहरु सुनाउँदै  बुवाकाे प्रेरणाबाट आफू यस क्षेत्रमा अघि बढेकाे  बताइन । ।

जसले जे लेखे पनि, जस्ताे लेखे पनि कविता भन्ने गरेकाे कुराप्रति असन्तुष्टि जनाउँदै कवितामा कला, विचार र लयकाे  संयाेजन हुनु पर्नेमा उनले जाेड दिइन । निरन्तर शनिबार नयाँ पुस्ताका प्रतिभा पोख्ने एउटा राम्राे ठाउ  भएकाे भन्दै एकले अर्काकाे रचनामाथि आलाेचनात्मक टिप्पणी गर्नु पर्ने र त्यसले रचनालाई तिखार्ने उनले बताइन । यस क्रममा उनले  सम्झनामा बा, पिप्ली भुल, बाैलाहा कवि, मन, ख्याउँची र अभद्रता गरी  कारीब आधा दर्जन कविताहरु सुनाइन ।

कार्यक्रममा  सुदर्शन शर्मा, इन्द्र लम्साल, पूर्णिमा प्रतिबिम्व,, जिके पाेख्रेल, हाेमराज ढुङ्गेल, सविता विमली, भीष्म जाेशी, पदम दाहाल, स्वागत नेपाल, केवल कार्की, विवश बाबु, साेझाे गाउँले लगायतले आ -आफ्ना रचना (कविता, गीत, गजल, मुक्तक) हरु सुनाएका थिए । कार्यक्रमका  संयाेजक डिल्लिराम सुवेदी आफ्नाे मन्तव्य राख्दै कार्यक्रम टुङ्ग्याएकाे  कार्यक्रम रेडियाे अन्नपूर्ण ९४ मेगाहर्जबाट प्रसारण गर्नका लागि रेकर्ड पनि गरिएकाे थियाे । कार्यक्रम हरेक शनिबार काठ्माण्डौको  वाल्मीकि विद्यापीठमा हुने गरेको छ ।

प्रकाशित मिति : चैत्र ३०, २०७५ शनिबार  १२ : ५१ बजे