बुधबार, बैशाख ४, २०७६
काठ्माण्डौ-
हिजो मङ्गलबार भारतका बिभिन्न ८ राज्यहरुमा आएको आधिका कारणले ३५ जनाको मृत्यु भएको छ भने थुप्रै घाइते भएका छन ।
गुजरात, महाराष्ट्र, मध्यप्रदेश, राजस्थान, झारखण्ड, हिमांचल, हरियाणा र नयाँदिल्लीमा वर्षा, आँधी र चट्याङ परेर ठूलो संख्यामा जनधनको क्षति भएको भारतिय सञ्चारमाध्यमहरुले जनाएका छन । गुजरात्,राजस्थान र मध्य प्रदेशमा धेरै क्षति भएको र त्यस्मा पनि राजस्थानमा सबै भन्दा बढी क्षती भएको बताइएको छ ।
आधि प्रभाबित क्षेत्रका किसानहरु धेरै पिडित बनेका छन । उनीहरुले लगाएको खेतिबाली आधिका कारण नष्ट भएको समाचारहरुमा जनाइएको छ ।
आधिका कारण त्यस क्षेत्रका कयौ सडकहरुमा क्षति पुगेको र सडक अबरोधहरु खुलाउने काम भइरहेको बताइएको छ ।आधीले प्रधानमन्त्री मोदिले चुनाबी सम्बोधन गर्नका लागी बनाइएको मञ्चमा समेत क्षति पुर्याएको छ ।
हावा हुरी, बर्षात सहितको आधी पाकिस्तान हुँदै भारत प्रबेश गरेको भारतिय मौसम बिभागका महानिर्देशक केजे रमेशले बताएका छन ।
बिभागले बुधवाअर बेलुकी सम्म सबैलाई सतर्क रहन पनि सबैलाई भनेको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदिले आधी पिडितहरुलाई सरकारी कोशबाट सहयोग उपलब्ध गराउने घोषणा गरेका छन ।
मानबिय क्षतिको हालसम्मको बिबरण
राजस्थान १८
मध्यप्रदेश १०
पंजाब ०२
हरियाणा ०१
झारखंड, महाराष्ट्र, उत्तरप्रदेश र हिमाचल सबैमा एकएक जना














