मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पत्रकार रिहाइको माग गर्दै आन्दोलनमा उत्रियो पत्रकार महासंघ



काठमाडौं वैशाख, ४–
नेपाल पत्रकार महासंघले पत्रकार अर्जुन गिरीको रिहाइको माग गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। पोखराको ताण्डव साप्ताहिक र ताण्डप न्युज डटकमका सम्पादक गिरीको रिहाइको माग गर्दै पत्रकार महासंघका महासचिव रमेश विष्टले बुधबार एक विज्ञप्ति जारी गर्दै आन्दोलनको घोषणा गरेका हुन् । महासचिव विष्टले जारी गरेको विज्ञप्तिमा जिल्ला प्रशासन कार्यालय घेराउ गर्नेदेखि गृह र सञ्चार मन्त्रालयमा विरोध पत्र बुझाउनेसम्मका कार्यक्रम रहेका छन् ।

महासंघले आज सञ्चार माध्यम र सामाजिक सञ्जालमा विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ को खारेजी गर्न माग गर्दै विरोध गर्ने जनाएको छ।
बिहिबार देशभरका ७७ जिल्ला प्रशासन कार्यालयमा महासंघको शाखाबाट ९ः३० देखि १०ः३० सम्म एक घण्टा पत्रकारहरूले धर्ना दिने र बुधबार बस्ने केन्द्रीय समिति बैठकले थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने महासचिव विष्टले जनाएका छन्।

पोखराका विपेन्द्रराज बतासले ठगी गरेको समाचार लेखेका गिरीलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले नियन्त्रणमा लिएको थियो । उनलाई काठमाडौं जिल्ला अदालतले तीन दिन म्याद थपेको छ।

प्रकाशित मिति : ४ बैशाख २०७६, बुधबार  ६ : २४ बजे