१४ औं महाधिवेशनपछि कांग्रेस गुट, उपगुटरहित पार्टी बन्छः कांग्रेस सभापति देउवा



कैलाली वैशाख, ४–
कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी भित्रको गुटउपगुट आउने १४ महाधिवेशपछि अन्त्य हुने बताएका छन् । बुधबार वर्तमान सरकारलाई प्रेस युनियन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सभापति देउवाले ‘पार्टीमा आफ्नो विरोध गर्न छुट भएको भन्दै पार्टीलाई नै क्षति पुग्नेगरी विरोध नगर्न आग्रह समेत गरे । सभापति देउवाले पार्टीमा बिरोध गर्न मात्रै होइन आफ्नाविरुद्ध पार्टीको सभापतिमा चुनाव लड्न पनि सबैलाई छुट भएको बताए ।
पर्टीभित्रको गुटबन्दी अन्त्य गरेर विश्राम लिने भन्दै आगामी पार्टी महाधिवेशनले आन्तरिक गुटबन्दीको अन्त्य गर्ने सभापति देउवाले दाबी गरे ।
उनले पार्टीले थालनी गर्न लागेको राष्ट्रिय जागरण अभियानलाई सफल पार्न पार्टी पंतिलाई निर्देशन समेत दिए । सभापति देउवाले भ्रातृ संगठनलाई चाँडै चुस्तदुरुस्त बनाएर लैजाने पनि प्रष्ट पारे ।
उनले टीकापुरमा आपसी मेलमिलापको अवस्था विकास भएको प्रति खुसी व्यक्त गर्दै यसलाई निरन्तरता दिन उनले सबैको सहयोगको खाँचो औंल्याए । पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले प्रमुख प्रतिपक्षी दल कांग्रेसले प्रभावकारी ढंगले प्रतिपक्षको भूमिका निर्वाह गर्ननसकेको आरोप अस्वीकार गरे ।
उनले भने, ‘काँग्रेसले प्रतिपक्षी भूमिका राम्रोसँग निभाएको । हामीले प्रतिपक्षको भूमिकामा निभाउदा आगो लगाउने, रेलिङ भाँच्ने काम गरेको छैन। त्यो हामीबाट हुँदैन पनि ।’
उनले वर्तमान सरकारलाई आगामी चुनावबाटै कांग्रेसले प्रतिस्थापन गर्ने सभापति देउवाले ठोकुवा गरे।

प्रकाशित मिति : बैशाख ४, २०७६ बुधबार  ६ : ३८ बजे