बुधबार ४,कठ्माण्डौ-
आर्थीक अभाब र ऋण सङ्कटसग जुधी रहेको भारतिय निजी बायु सेवा कम्पनी जेट एअरवेजले अन्तत आज रातीबाट आफ्ना सबै अन्तर्राष्ट्रीय उडान स्थगित गर्ने निर्णय गरेको छ ।
जेट एअर वेजले झेलिरहेको आर्थीक अभाबका बिच उडान नियमित राख्न हाललाइ तत्काल चाहिएको ४०० करोड भारु कुनै माध्यमबाट पनि उपलब्ध नभएपछी एअरवेजले हाललाइ आफ्ना सबै उडान स्थगितको निर्णय गरेको भारतिय सञ्चारमाध्यमहरुले समाचारमा जनाएका छन ।
आर्थीक समस्याको समाधान खोज्ने केहि समय पहिले देखिको प्रयास असफल भय पछी मंगलबार एअर वेज ब्यबस्थापनले हाललाइ उडान स्थगित गर्ने प्रस्ताब एअर वेजको बोर्ड बैठकमा राखेको थियो ।
एअरवेजलाई थप ऋण दिन भारतिय बैङ्कहरुले अस्विकार गरेपछी हाललाइ उडान स्थगित गर्नु पर्ने अवस्था आएको भारतिय सञ्चारमाध्यमहरुले बताएका छन ।
यस अघी देखीनै लामो समय तलब खान नपाएका पायलट र कर्मचारीहरुले एअर वेज ब्यबस्थापनलाई आर्थीक ब्यबस्थापनको दिगो समाधान नखोजे सेवामा हड्ताल गर्ने बताउदै आर्थीक अवस्था सुधारको योजना ल्याउन ब्यबस्थापन सग माग गर्दै आएका थिय ।

आर्थीक अभाबले समयमा तलब नआउन थाले पछी यस अघी नै झण्डै ४०० पायलटहरुले राजिनामा दिएर जेट एअर वेज छोडी सकेको बताइएको छ ।










