मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लुक्ला विमानस्थल संसारका १० डरलाग्दा विमानस्थलको सूचीमा



काठमाडौं वैशाख, ५–
समुन्द्री सतहबाट दुई हजार आठ सय मिटरको उचाइमा रहेको, पाँच सय २७ मिटर लम्बाइ र २० मिटर चौडाइ भएको लुक्ला विमानस्थलको धावनमार्ग अन्य विमानस्थलभन्दा छोटो भएकाले उडान र अवतरण दुवै कठिन हुने हवाईविज्ञहरु बताउने गर्छन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।

उडान र अवतरणका बेला अचानक समस्या देखिए कुनै वैकल्पिक व्यवस्था गर्न नसकिने भएका कारण लुक्ला विमानस्थल विश्वकै बढी जोखिम भएको विमानस्थलको रुपमा चिनिएको छ ।

एक छेउमा सात सय मिटर अग्लो भीर भएकाले पनि तेन्जिङ हिलारी विमानस्थल संसारकै डरलाग्दा १० विमानस्थलमध्ये एक मानिन्छ ।

प्रकाशित मिति : ५ बैशाख २०७६, बिहिबार  ३ : ०५ बजे