काठमाडौं वैशाख, ५–
सरकारी प्रतिबन्धको विरोधमा बन्द घोषणा गरेको विप्लव समूहको बन्दको प्रभाव काठमाडौंमा न्यून देखिएको छ ।
उपत्यकामा निजी सवारी साधन निर्वाध चलिरहेका छन् भने सार्वजनिक सवारी साधन अरु दिनको तुलनामा केही कम मात्र चलिरहेका छन् ।
राजधानीमा बन्दले असर नगरेपनि देशका विभिन्न स्थानमा बम विस्फोट, शंकास्पद वस्तु फेला, आगजनी र सवारी साधन गुडेका छैनन् ।
पृथ्वी राजमार्गमा बन्दको प्रभाव अधिक देखिएको मुग्लिन प्रहरीले जनाएको छ । उक्त राजमार्गमा सार्वजनिक सवारी साधन गुडेका छैनन् भने निजी सवारी साधन फाट्टफुट्ट मात्रै चलेको छ ।
यसैगरी, दोलखाको चरिकोटमा पनि बन्दको प्रभाव परेको छ । बस नचल्दा यात्रुहरु समस्यामा परेका छन् । यता, प्रदेश ५ मा बन्दको असरले जनजिवन प्रभावित बनेको छ ।