पत्रकार पक्राउको विरोधमा देशैभरका पत्रकार आन्दोलित, आज देशैभरका जिल्ला प्रशासन कार्यालयमा धर्ना



काठमाडौं वैशाख, ५–
अनलाइनमा प्रकाशित समाचारलाई लिएर पक्राउ परेका पत्रकार अर्जुन गिरीको विषयलाई लिएर दशैभरका पत्रकार आन्दोलित भएका छन् । पत्रकार महासंघ केन्द्रीय कार्यालयले बुधबार विज्ञप्ति निकालेर आन्दोलनको घोषणा गरेको थियो । महासंघको विज्ञप्ति अनुसार बिहबार पत्रकारहरुले देशभरका जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन् ।

पोखराका पत्रकार गिरीविरुद्ध साइबर क्राइम मुद्दा दर्ता भएपछि पत्रकारहरुले त्यसको विरोधस्वरुप देशभरका जिल्ला प्रशासन कार्यालयमा दिएका हुन् ।

नेपाल पत्रकार महासंघ, जिल्ला शाखाको अगुवाइमा अहिले पत्रकारहरुले जिल्ला प्रशासन अगाडि उभिएर पत्रकार पक्राउको विरोधमा धर्ना दिइरहेका छन् । समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गर्नु प्रेस स्वतन्त्रताविरोधी भएकाले यसलाई सच्याउनु पर्ने माग पत्रकारहरुको छ ।

ठगीको समाचार लेखेको अभियोगमा पत्रकार गिरी सोमबार साइबर क्राइमअन्तर्गत पक्राउ परेका थिए ।
उनलाई साइबर अपराध सम्बन्धी मुद्दामा मंगलबार जिल्ला अदालत काठमाडौंले ३ दिन म्याद थप गरी थुनामा राख्ने आदेश दिएको छ ।

तर, पत्रकार महासंघलगायतले यसलाई प्रेस स्वतन्त्रताविरुद्ध भएको भन्दै गल्ती सच्याउन माग गरेका छन् ।

प्रकाशित मिति : ५ बैशाख २०७६, बिहिबार  ६ : ०८ बजे