मन्थली विमानस्थलको धावनमार्गमा तारा एयरको विमान चिप्लियो



रामेछाप वैशाख, ९–
तारा एयरको विमान रामेछापमा दुर्घटना भएको छ । सोमबार बिहान करिब ९ बजे सोलुबाट मन्थली आएको विमान रामेछापको मन्थली विमानस्थलमा दुर्घटना भएको हो । तर, दुर्घटनामा कुनै मानवीय क्षति भने भएको छैन । कल साइनको विमान यात्रु अवतरणका क्रममा चिप्लिएर दुर्घटना भएको हो । विमानमा १४ यात्रु रहेको मन्थली विमानस्थल कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : बैशाख ९, २०७६ सोमबार  ५ : ३१ बजे