किन कांग्रेससँग त्रसित छन् ओली ? कम्युनिष्ट पार्टी स्थापनाको दिन पनि कांग्रेसकै सत्तोसराप !



काठमाडौं वैशाख, ९–
प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुट्छ भन्ने ज्योतिषले मिल्छ भन्ने किन देखेनन् भनेर प्रश्न गरेका छन् । सोमबार कम्युनिष्ट पार्टी स्थापना दिवसको उपलक्ष्यमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै नेकपाका अध्यक्ष समेत रहेका ओलीले आफूहरु एकजुट रहेको भन्दै कुनै पनि हालतमा विभाजित नहुने बताए ।

उनले पार्टी विभाजित हुने दाबी गर्दै ज्योतिषले समेत भविष्यवाणी गर्ने गरेको भन्दै त्यस्तो थाहा पाउने ज्योतिषले तत्कालीन एमाले र माओवादी मिल्दैछ भनेर किन थाहा पाएनन् भन्दै व्यङ्ग्य गरे ।

उनले भने, ‘पार्टीमा कुनै समस्या छैन सबै ढुक्क हुँदा हुन्छ’, ओलीले भने, ‘ हल्ला यसरी चलाउन थालिएको छ हुँदाहुँदा यो महिना पार्टी टुक्रिन्छ भनेर ज्यातिषीले पनि भन्न भन्न थालेका छन्, यस्तो थाहा पाउनेले एमाले र माओवादी मिल्छ भनेर किन थाहा पाएनन् ?’

उनले पार्टी कुनै भवितब्यले नमिलेको भन्दै देश विकासको उद्देश्य राखेर एकता गरिएको बताए ।
अध्यक्ष ओलीले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको चर्को आलोचना गरेका थिए । उनले २००७ सालदेखि नै कांग्रेसले प्रतिक्रियावादी शक्तिसँग घाँटी जोडेको भन्दै कांग्रेसपति खनिएका थिए । जति नै कम्युनिष्टको एकता भए पनि प्रधानमन्त्री ओली सँधै प्रमुख प्रतिपक्ष कांग्रेससँग सँधै भयभित देखिन्छन् । सायद कुनै कार्यक्रम छैन होला प्रधानमन्त्री ओलीले कांग्रेसको आलोचना नगरेको । आज उनीहरुको भाषामा कम्युनिष्ट पार्टी स्थापनाको दिन भए पनि प्रधानमन्त्री ओलीले कम्युनिष्टको बारेमा बोल्नु भन्दा पनि कांग्रेसमाथि रिस साँध्नमै समय खर्चेका थिए । यसले के देखाउछ भने ओली जतिसँकै एकतामा लागे पनि उनी कांग्रेससँग तर्सिरहेका छन् ।

प्रकाशित मिति : बैशाख ९, २०७६ सोमबार  १० : ५५ बजे