यस्तो छ राष्ट्रपति भण्डारीको चिन भ्रमण कार्यक्रम



 

बैशाख ९, काठ्माण्डौ-

 

राष्ट्रपति बिधादेबी भण्डारीले वैशाख ११ गते बाट नौदिन लामो चिन भ्रमण गर्दैछिन ।राष्ट्रपति भण्डारीले चिनिया राष्ट्रपति सी चीनफिङको निमन्त्रणामा चिनको औपचारिक भ्रमण गर्न लागेकी हुन ।

राष्ट्रपति भण्डारीको भ्रमण पछी चिनिया सी चीनफिङले गर्ने भनिएको नेपाल भ्रमण पनि टुङ्गो लाग्ने सम्भाबना रहेको परराष्ट्र मन्त्रालय श्रोतले जनाएको छ । चिनको भ्रमणमा रहदा राष्ट्रपति भण्डारी बिभिन्न कार्यक्रमहरु र दिपक्षिय भेटघामा सारीक हुने छिन ।

राष्ट्रपति भण्डारी चिनियाँ समकक्षी सीले आयोजना गर्ने राजकीय भोज तथा अन्तर्राष्ट्रिय फलफूल प्रदर्शनीको उद्घाटन समारोहमा सरिक हुने र यो प्रदर्शनीमा नेपाल मण्डपको पनि व्यवस्था हुने बताइएको छ ।

राष्ट्रपति भण्डारी र चिनियाँ समकक्षीबीच प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता पनि हुने छ । वार्तापछि पारस्परिक सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने र राष्ट्रपति भण्डारीको वरिष्ठ चिनियाँ अधिकारीसँग बेग्लाबेग्लै भेटवार्ता हुने परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले जानकारी दिएका छन । ।

राजधानी बेइजिङमा रहँदा राष्ट्रपति भण्डारीले चिनियाँ र नेपाली व्यापारिक समुदायलाई संयुक्त रुपमा सम्बोधन गर्ने र बेइजिङस्थित नेपाली दूतावासले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुने जनाइएको छ ।

बेइजिङ प्रस्थान गर्ने क्रममा राष्ट्रपति भण्डारीले सान्सी प्रान्तको राजधानी सियानको भ्रमण गर्ने र स्वदेश फर्कँदा चीनको स्वशशासित क्षेत्रको राजधानी ल्हासाको भ्रमण गर्ने र  राष्ट्रपति भण्डारीले ती दुवै प्रान्तका राजनीतिक नेताहरुसँग पनि भेटवार्ता गर्नेछिन् ।

यसअघि पूर्व राष्ट्रपति डा रामवरण यादवले नेपालको तर्फबाट मित्रराष्ट्र चीनको भ्रमण गरेका थिए ।

प्रकाशित मिति : बैशाख ९, २०७६ सोमबार  २ : ३० बजे