ग्रेटर नेपालका अध्यक्ष फणीन्द्र नेपाल चेक बाउन्स गरेको आरोपमा पक्राउ



काठ्माण्डौ-

ग्रेटर नेपालका अध्यक्ष फणीन्द्र नेपाल पक्राउ परेका छन्। चेक बाउन्सको आरोपमा उनलाई प्रहरीले आज गौशालाबाट पक्राउ गरेको हो।

गौशालामै रहेको इडन गार्डेन स्कुलको सञ्चालक समेत रहेका नेपालले स्कुलको भाडाबापत दिएको ६ लाखको चेक बाउन्स भएपछि उनीविरुद्ध उजुरी परेको थियो। घरधनी नरेशकुमार न्यौपानेको उजुरीका आधारमा उनी आज पक्राउ परेका हुन्।

नेपाललाई महानगरीय प्रहरी परिसर काठमाडौंमा ल्याई अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति : बैशाख १०, २०७६ मंगलबार  ९ : १३ बजे