निजी सञ्चारमाध्यम नेपाली सेनाको कर्याक्रममा सहभागी हुन नपाउने !



काठमाडौं वैशाख, १०–
नेपाली सेनाले आफ्ना कार्यक्रममा निजी सञ्चार माध्यमको प्रवेशमा रोक लगाएको छ । नेपाली सेनाका परमाधिपति समेत रहेकी विद्यादेवी भण्डारीले नवनिर्मित भवन उदघाटनको कार्यक्रममा निजी मिडियालाई प्रवेशमा रोक लगाइएको हो।

नेपाली सेनाको मुख्यालय जङ्गी अड्डाको अत्याधुनिक प्रविधियुक्त नयाँ भवन उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

गोरखा भूकम्पपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट स्वीकृत भएकामध्ये छोटो अवधिमा गुणस्तरयुक्त ढंगबाट निर्माण सम्पन्न भएको यो नै सबैभन्दा ठूलो आयोजना हो।

विसं २०७३ जेठ २४ गते निर्माण सुरू भएको उक्त भवन दुई वर्ष १० महिनाको अवधिमा तयार गरेको हो। उक्त भवन निर्माणका लागि दैनिक ४ सयको सङ्ख्यामा जनशक्ति अहोरात्र खटिएका थिए।

सैनिक मुख्यालयको नयाँ भवन निर्माण गर्न प्राधिकरणमार्फत् सरकारले रु तीन अर्ब ४४ करोड रकम विनियोजन गरेको थियो।

उक्त भवनबाट नेपाली सेनाका महानिर्देशनालय, विभाग, निर्देशनालयसहित ४७ वटा कार्यालय सञ्चालन हुनेछ। अलगरअलग सातवटा भवन जोडेर तयार गरिएको नयाँ सैनिक मुख्यालय भवन सात तला अग्लो छ।

सैनिक मुख्यालयको सङ्गठन संरचना अनुसारको सुविधा उपलब्ध गराउने हेतुले सरकारले आधुनिक र प्रविधियुक्त भवन निर्माण गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १० बैशाख २०७६, मंगलबार  १० : ३४ बजे