काठ्माण्डौ-
चार बर्ष अघी गएको भूकम्पबाट क्षति भएका सम्पदा तथा नागरिक आवासको पुनर्निर्माणका लागी राश्ट्रीय पुनर्निर्माण प्राधिकरणले नियुक्त गरेर पुनः निर्माणको काममा खटाएका इन्जिनियर सहित प्राविधिकहरुले सामूकि राजीनामा दिएका छन्।
भूकम्पपछि नागरिक आवास पुन निर्माणको काम आधाजति नै बाँकी रहँदा इन्जिनियरले सामुहिक राजीनामा दिएका हुन्। पेशा सुहाउदो र बर्तमान महङ्गी धान्न सक्ने गरी सेवा सुबिधा थप गर्न माग गर्दै उनिहरुले ९ महिना अघी देखी नै बिभिन्न चरणमा आन्दोलन गरी रहेका थिय ।
आफु हरुको माग सरकारले सुनुवाइ नगरेपछी बाध्यताबस राजिनामा गर्नुपरेको इन्जिनियर बिद्या बरालले बताइन ।
आज काठमाडौंमा पत्रकार सम्मेलन मार्फत राजिनामा घोषणा गर्दै सरकारले आफ्ना जायज मागहरुको सुनुवाइ नगरे सम्म काममा नफर्किने राजिनामा दिएका इन्जिनियर हरुले बताए ।