राष्ट्रपति भण्डारी चिनमा विभिन्न कार्यक्रम र भेटघाटहरुमा सारीक हुँदै



बैशख १४,काठमाण्डौ-

चिनिया राष्ट्रपती सी चीन फिङको निमन्त्रणामा चीनको औपचारिक भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी चिनमा विभिन्न कार्यक्रम र भेटघाटहरुमा आज पनि सारीक रहने कार्यक्रम रहेको छ ।

राष्ट्रपति भण्डारी बीआरआई सम्मेलनमा सहभागी हुने पाहुनाका लागि आयोजना गरिएको  स्वागत समारोहमा सहभागी हुनेछिन्। बिहान १० बजेबाट राष्ट्रिय सम्मेलन केन्द्रमा उक्त समारोह हुनेछ।

त्यस्तै साढे ११ बजेदेखि दिउँसो १ बजेसम्म कनेक्टिभिटिले ल्याउने आर्थिक वृद्धिका नयाँ स्रोतहरूबारे छलफल हुनेछ। राष्ट्रपतिले त्यहाँ उक्त सत्रमा सहभागि भएर आफ्नो धारणा राख्नेछिन्।

लगत्तै समूहमा फोटो खिचाएपछि बिआरआईमा उपस्थित अतिथिहरूका लागि ककटेल रिसेप्सन आयोजना गरिने छ।

त्यसपछि दिउसो ३ः१५ देखि साँझ पौने ६ बजेसम्म आयोजना हुने तेस्रो सत्रमा सहभागी भएपछि राष्ट्रपति भण्डारी नेपाली दूतावासले उनको सम्मानमा आयोजना गर्ने रात्रीभोजमा सरिक हुनेछिन्।

प्रकाशित मिति : १४ बैशाख २०७६, शनिबार  ५ : ३८ बजे