नागरिक सामु झुक्यो सरकार : खुलामञ्चमा बनाइएका अवैध सटर भात्काइयो



बैशख १४, काठ्माण्डौ-

काठमाडौं महानगरपालिकाले खुलामञ्चमा अतिक्रमण गरेर बनाइएका सटर भत्काउनका लागी डोजर सहितको टोली फिल्डमा खटाएको छ । चौतर्फी विरोध र दवाव थेग्न नसकेपछी महानगरपालिका अतिक्रमण गरेर बनाइएका टहरा भत्काउने निचोडमा पुगेको हो । प्रतिपक्षी राजनितिक पार्टीहरुबाट, सामाजिक सञ्जालहरुमा नागरिक स्तरबाट र  सञ्चार क्षेत्रबाट थेग्नै नसक्ने दबाब सिर्जना भय पछी सरकार पछी हटेर टहरा भत्काउन थालेको हो ।

खुलामञ्चभित्र बनाइएका सटर लगाउतका संरचनाहरु डोजरले भत्काउन थालेपछि त्यहाँ रहेका पसलेहरुको भागाभाग मच्चिएको छ ।केहि समय अघीबाट शुरु भएको बालुवाटार जग्गा काण्डका कारण आलोचना खेपिरहेको सरकार खुलामञ्चको सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका सटर सहितका टहराका कारण थप आलोचित बन्न थालेपछी सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका टहरा सरकारले भत्काउन थालेको हो

प्रकाशित मिति : बैशाख १४, २०७६ शनिबार  ८ : ०२ बजे