बर्दिया वैशाख, १५–
बाँसगढी नगरपालिका ७ गौरीपारा बस्ने ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही नगरपालिका १ संघापुर बस्ने २० वर्षीय उनिस यादवलाई शनिबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।
ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले यादवलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
बैशाख १५, २०७६ आइतबार
प्रकाशित मिति : बैशाख १५, २०७६ आइतबार ८ : २६ बजे








