रगत अभाव भएका अस्पतालमा पुगेर रक्तदान गर्न कांग्रेसका नेता कार्यकर्ताहरुलाई महामन्त्री कोइरालाको आग्रह



चैत १८, पाल्पा-

कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले बारा, पर्सा लगायत्का क्षेत्रमा आएको भीषण हावा हुरी र त्यसलेले पुर्याएको जनधनको क्षति प्रती अफु र नेपाली कांग्रेस पार्टिको तर्फबाट दुख ब्यक्त गरेका छन ।

नेपाल प्रेस युनियन पाल्पाले आयोजना गरेको कार्यक्रममा महामन्त्री कोइरालाले बारा, पर्सा लगायत्का क्षेत्रमा आएको भीषण हावा हुरी र त्यसलेले निम्त्याएको विपतीबाट आफू र नेपाली कांग्रेस पार्टी मर्माहत भएको बताएका छन् । कोइरालाले  घटनामा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन ।

महामन्त्री डा.  कोइरालाले घटनालाई लिएर एक बिज्ञप्ती जारी गर्दै उद्दारकार्यमा सम्लग्न सबैलाई धन्यबाद दिएका छन ।साथै उनले यो बिपदको घडिमा तेरो मेरो भन्ने भाबना त्यागेर राहत र उद्दारमा खटिना कांग्रेसका सबै तहका नेता कार्यकर्ताहरुलाई सार्बजनिक अपिल समेत गरेका छन । महामन्त्री कोइरालाले बिज्ञप्तिमा राहत , घाइतेको उपचार र पुनर्स्थापनामा कमी  हुन नदिन सरकारसग माग गरेका छन ।

उनले घाइतेहरूको उपचारमा सक्रिय हुन र रगत अभाव भएका अस्पतालमा पुगेर रक्तदान गर्न पनि आग्रह गरेका छन् ।

महामन्त्री  कोइराला हाल ५  प्रदेश ५  का बिभिन्न जिल्लाहरुको भ्रमण र पार्टिका नेताकार्यकर्ताहरु सग भेटघाटमा रहेका छन ।

प्रकाशित मिति : चैत्र १८, २०७५ सोमबार  ७ : ५६ बजे